निर्वाचनका दिन आन्तरिक उडान बन्द
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको दिन आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ । नेपाल पर्यटन बोर्डले ट्राभल एडभाइजरी जारी गर्दै सो दिन आन्तरिक उडान बन्द हुने जनाएको हो । निर्वाचनका दिन अन्तर्राष्ट्रिय उडान भने हुनेछन् ।
