ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नबिल बैंकले दियो आवेदन
नबिल बैंक लिमिटेडले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। बैंकले असोज २८ गते आवेदन दिएको हो । बैंकले प्रतिऋणपत्र रु.१,०००/- अङ्कित मूल्य कायम गरी १० वर्ष अवधिको वार्षिक ५.५% ब्याजदर रहेको ४० लाख कित्ता ऋणपत्रले हुन आउने रु. ४ अर्ब बराबरको ऋणपत्र जारी गर्न अनुमति माग गरेको हो ।
