एक्स्ट्रिम एनर्जी ड्रिंकद्वारा फुटबल खेलाडी साम्बाको उपचारका लागि ५ लाख सहयोग
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)को उपचारका लागि एक्स्ट्रिम एनर्जी ड्रिंकले ५ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । हाल घुँडाको गम्भीर चोटका कारण उपचार गर्नुपर्ने अवस्थामा रहेकी भण्डारीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।
