SHARE
पर्दाफास · सोमबार ११ फागुन २०८२ १२:५५ PM · 1 मिनेट पढाइ

वीरगन्जमा कर्फ्यू हटाइयो, साँझ ६ बजेदेखि भोलि बिहानसम्म निषेधाज्ञा जारी

पर्साको वीरगन्ज महानगरपालिकाका केही क्षेत्रमा लगाइएको कर्फ्यू आदेश प्रशासनले हटाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले शान्ति सुरक्षाको अवस्था सुधारोन्मुख रहेको निष्कर्ष निकाल्दै आज (शुक्रबार) साँझ ४ः३० बजेदेखि कर्फ्यू हटाउने निर्णय गरेको हो ।