SHARE
पर्दाफास · सोमबार ११ फागुन २०८२ ०४:२४ PM · 1 मिनेट पढाइ

प्रधानसेनापति अन्तरविद्यालय क्रिकेट तथा भलिबल प्रतियोगिता सम्पन्न

नेपाली सेनाको आयोजनामा सञ्चालन भएको प्रधान सेनापति अन्तर विद्यालय रनिङ्ग टी–२० क्रिकेट प्रतियोगिता–२०८२ को १७ औँ संस्करण तथा अन्तर विद्यालय भलिबल प्रतियोगिता सम्पन्न भएको छ। भक्तपुरको श्री सैनिक आवासीय महाविद्यालय, सल्लाघारीको खेल मैदानमा आयोजित समापन समारोहमा बलाधिकृत रथी प्रदीप जंग के.सी.ले रेफ्री, विजेता तथा उपविजेता टोलीका खेलाडीहरूलाई प्रमाणपत्र, ट्रफी र नगद पुरस्कार वितरण गरेका थिए।