ठगी र सम्पत्ति शुद्धीकरणसहित तीन मुद्दामा तानिइन् टिकटकर तुलसा
टिकटकमा भाइरल भएर पटक पटक विवादमा आइरहने ‘तुलसा कलेक्सन’ले परिचिति तुल्सी अधिकारीविरुद्ध प्रहरीले एकसाथ तीनवटा मुद्दामा अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी परिसर ललितपुरले तुलसा कलेक्सनकी सञ्चालिका अधिकारीमाथि ठगी, आपराधिक लाभ (एक्सटर्सन) र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेको जनाएको छ।
