निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह
राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई आग्रह गरेको छ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थाको तयारी तथा निर्वाचनमा मानवअधिकारको संरक्षण सम्बन्धमा आज नेपाल सरकारका चारवटै सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरूसँग छलफल गर्दै आयोगले यस्तो आग्रह गरेको हो ।
