भोट माग्नुपर्ने उम्मेदवार पैसा माग्दै
फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदैछ । विगतका चुनावमा ‘उम्मेदवारहरुले मतदातालाई पैसा बाँडेर भोट किन्छन्’ भन्ने चर्चा हुन्थ्यो । तर, यसपटक त्यो चर्चालाई नै बिर्साउने गरी उम्मेदवार आफैँ पैसा माग्दैछन् । सामाजिक अभियन्ताका नाममा ‘क्राउड फण्ड’ जम्मा गर्ने अभ्यासकै झल्को दिने गरी अहिले उम्मेदवारहरु पैसा मागिरहेका छन् ।
