एक करोड ९१ लाख मतपत्र छपाइ सकियो
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार आजसम्म एक करोड ९१ लाख २४ हजार मतपत्र छपाइ भएर प्याकिङ बनाई ढुवानी गर्न तयारी अवस्थामा राखिएको छ । बाँकी १० जिल्लाको पनि मतपत्र छपाइ भएको छ भने प्याकिङ बाँकी रहेको छ।
