SHARE
पर्दाफास · आइबार​ ३ फागुन २०८२ ०१:४४ PM · 1 मिनेट पढाइ

महाशिवरात्रिमा प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन

प्रधानमन्त्री शुसीला कार्कीले महाशिवरात्रिको अवसरमा आज पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेकी छन् । महाशिवरात्रि २०८२ का अवसरमा प्रधानमन्त्रीले आइतबार अपरान्ह् पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेकी हुन् । महाशिवरात्रिको अवसरमा मन्दिर परिसरमा राष्ट्रपति रामचन्द्र पौडेलसहित प्रधानमन्त्री कार्कीको सहभागिता रहेको थियो । महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखद्वारा पशुपतिनाथमा विशेष पूजाआराधना गर्ने परम्परा रहँदै आएको छ ।