हिमालयन बैंकको एफपीओ बाँडफाँड मिति तय
हिमालयन बैंकले निष्काशन गरेको एफपीओ आगामी मङ्गलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार साउन १३ गते मङ्गलबार एफपीओ बाँडफाँड गर्ने तयारी गरिएको हो। एफपीओको आज प्रि अलोटमेन्ट सकिएको छ। प्रि अलोटमेन्ट र अलोटमेन्टको बीचमा २ दिन हुनु पर्ने पछिल्लो व्यवस्था छ। यस कारण बैंकको एफपीओ मङ्गलबार बाँडफाँड गर्ने क्यापिटलको तयारी छ।
