खुलेयाम घुस मागेको आरोपछि कम्पनी रजिष्ट्रारका हाकिम मन्त्रालय तानिए
कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार ईश्वरकुमार गिरीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रालयमा तानेको छ । अनलाइन प्रणालीमै चलखेल गरेर घुस लिएको आरोप लागेपछि गिरीलाई मन्त्रालयमा तानिएको हो । हाललाई निमित्त रजिष्ट्रारको जिम्मेवारी देवीप्रसाद सुवेदीलाई दिइएको छ ।
