बागमती सरकारका ४ मन्त्रीले दिए राजीनामा
बागमती प्रदेश सरकारका चार जना मन्त्रीहरूले राजीनामा दिएका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेका उनीहरुले राजीनामा दिएका हुन् । युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।
