नेपाल–कतार संयुक्त व्यवसाय परिषद्को बैठक सम्पन्न
नेपाल र कतारबीच द्विपक्षीय व्यापार तथा लगानी अभिबृद्धिलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित गठन गरिएको नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) को पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ । बैठकले दुई देशबीच आर्थिक सहकार्यलाई नयाँ उचाईमा पु¥याउने अपेक्षा गरिएको छ ।
