आयल निगम आफैँले बेच्न थाल्यो ग्यास, कुन कुन कम्पनीको पाइन्छ ?
केही दिनयता बजारमा खाना पकाउने ग्यासको अभाव भएको चर्चा भइरहेको छ । दैनिक आवश्यकता भन्दा बढी ग्यासको आयात हुँदा पनि कृत्रिम अभाव बढेपछि नेपाल आयल निगम आफैँले बिक्री थालेको छ । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार निगमको टेकुस्थित कार्यालयबाट ग्यासको बिक्री सुरू गरिएको हो ।
