फिल्म पर्यटन प्रवर्धन गर्ने उदेश्यसहित पर्यटन र चलचित्र विकास बोर्डबीच समझदारी
नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच नेपाललाई ‘अन्तर्राष्ट्रिय फिल्म छायांकन गन्तव्य’ बनाउने उदेश्यले समझदारी भएको छ । दुइ बोर्डबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले हस्ताक्षर गरेका छन् ।
