पाल्पा सिमेन्टको स्थानीयको आईपीओ बाँडफाँड, लगानीकर्ताले ९० कित्तासम्म पाए शेयर
पाल्पा सिमेन्ट इण्डष्ट्रीजले आयोजना प्रभावित स्थानीयको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आज शेयर बाँडफाँड गरेको हो । कम्पनीले स्थानीयलाई कुल १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको थियो।
