राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सांसदको सुझाव- कानुन निर्माणका अवरोध हटाऊ
राष्ट्रियसभामा अन्तिम चरणमा पुगेका विधेयक प्रतिनिधिसभा नहुँदा निस्क्रिय हुने अवस्थामा पुगेका कतिपय कानुन निर्माणका अवरोध हटाउनेतर्फ ध्यान दिनुपर्ने सुझाव राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सदस्यहरूले दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा समयावधि पुगेका सांसदले बिदाइसहित सभाको अनुभव साट्ने क्रममा कानुन निर्माणका अवरोध हटाउनुपर्ने सुझाव दिएका हुन् ।
