SHARE
पर्दाफास · बुधबार २८ माघ २०८२ ११:५३ AM · 1 मिनेट पढाइ

पुरातत्त्व विभागले भन्यो- पुरातात्त्विक महत्वका अवशेषहरूको संरक्षण गरौँ

पुरातत्त्व विभागले पुरातात्त्विक महत्वका अवशेषहरूको संरक्षणमा ध्यान दिन आग्रह गरेको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गरी पुरातत्त्व विभागले मानव सभ्यता नै नासिने भएकाले पुरातात्त्विक महत्वका वस्तुको अवशेषहरू भेटिए तत्काल पुरातत्त्व विभागलाई जानकारी गराउन पनि सर्वसाधारणमा समेत अपिल गरेको हो ।