आइटी सम्बन्धी पोलिसी समयअनुसार परिवर्तन गर्न आवश्यक : अध्यक्ष पाण्डे
काठमाडाैं । नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनीजका अध्यक्ष गौरव राज पाण्डेले आइटी सम्बन्धी पोलिसी समयअनुसार परिवर्तन गर्न आवश्यक रहेको बताए। बुधबार नेपाल आर्थिक पत्रकार संघले ‘नेपाली आइटी उद्योगको अवस्था,अवसर र चुनौती’ नामक अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् । उनले भने,‘हामीले हाम्रो पोलिसी समयअनुसार परिवर्तन गर्न गरेनौं ।
