अर्थमन्त्री खनालले २ खर्ब ७५ अर्बले घटाए बजेटको आकार
सरकारकाले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटको आकार घटाएको छ । बजेटको अर्धवार्षिक समीक्षामार्फत अर्थ मन्त्रालयले झण्डै १५ प्रतिशतले आकार संशोधन गरेको हो । गत जेठ १५ गते १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट भाषण भएकोमा अर्थमन्त्री रामेश्वर खनालले आकार संशोधन गरेर १६ खर्ब ८८ अर्ब ३२ करोडमा सिमित गरिदिएका हुन् ।
