गुणस्तर विभागलाई उद्योग परिसंघद्वारा २० लाखको प्रयोगशाला यन्त्र हस्तान्तरण
नेपाल उद्योग परिसंघले नेपाल गुणस्तर तथा नापतौल विभागलाई प्रयोगशाला यन्त्र सहयोग गरेको छ । परिसंघले जुत्ता तथा गार्मेन्टको गुणस्तर परीक्षण गर्न आवश्यक पर्ने करिब २० लाख रुपैयाँ बराबरका यन्त्र तथा उपकरण हस्तान्तरण गरेको हो । जेनजी आन्दोलनका क्रममा आगलागी तथा तोडफोडबाट विभागको प्रयोगशालामा क्षति पुगेको थियो ।
