सेबोनद्वारा मार्जिन कारोबार सम्बन्धी निर्देशिका स्वीकृत, फागुन १ बाट लागू हुने (पूर्णपाठ)
नेपाल धितोपत्र बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ बमोजिम मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२ स्वीकृत गरेको छ । मार्जिन कारोबार सम्बन्धी निर्देशन, २०७४ खारेज गर्दै स्वीकृत भएको नयाँ निर्देशिका फागुन १ गतेदेखि लागू गर्ने निर्णय भएको सेबोनले जनाएको छ । निर्देशिकामा मार्जिन कारोबारका लागि योग्य शेयर सम्बन्धि प्रावधान राखिएको छ ।
