SHARE
पर्दाफास · मङगलबार २७ माघ २०८२ १२:३५ PM · 1 मिनेट पढाइ

नेपाल–कतार सहकार्यलाई दिगो र लाभदायक बनाउनुपर्छ : परराष्ट्रमन्त्री शर्मा

परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपाल र कतारबीचको सहकार्यलाई दिगो, दीर्घकालीन र पारस्परिक रूपमा लाभदायक बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन् । मंगलवार मन्त्री शर्मासँग कतार चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैदेलीको नेतृत्वको प्रतिनिधिमण्डलले गरेको भेटवार्तामा उनले यस्तो बताएका हुन् ।