जन्तेढुंगामा विवाह भोज खाएकालाई ‘फुड पोइजन’ !
खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङस्थित निगालबासमा सामूहिक झाडापखालाको प्रकोप देखिएको छ । स्थानीय विवाह भोजमा सहभागी व्यक्तिहरूमा एकैसाथ झाडापखाला, वान्ता, ज्वरो तथा टाउको दुखाइका लक्षण देखापरेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन् । गत माघ २१ गते आयोजित एक विवाह कार्यक्रममा करिब २५० जना सहभागी थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
