SHARE
पर्दाफास · मङगलबार २७ माघ २०८२ ०१:२८ PM · 1 मिनेट पढाइ

निर्वाचन सुरक्षा : आवश्यकता अनुसार नेपाली सेना जुनसुकै घेरामा पनि परिचालन हुने

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले सुरक्षा गतिविधि तीव्र बनाएको छ । निर्वाचन सुरक्षाको तयारी स्वरूप सेनाले गस्ती तथा पेट्रोलिङ कार्य सुरु गरिसकेको जनाएको छ । नेपाली सेनाले महत्त्वपूर्ण सरकारी तथा सार्वजनिक प्रतिष्ठान, विमानस्थल र कारागारलगायत संवेदनशील स्थानहरूको सुरक्षा व्यवस्थापनमा सहभागिता जनाउन थालेको छ ।