भुजुङ्ग हाइड्रोको आईपीओ मंगलबार बाँडफाँड हुँदै
भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले मंगलबार बिहान ९ बजे शेयर बाँडफाँड गर्न लागेको हो । कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणलाई ८ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको थियो।
