SHARE
पर्दाफास · सोमबार २६ माघ २०८२ १२:२० PM · 1 मिनेट पढाइ

संविधान निर्माणको १० वर्षसम्म पनि पुरानै कानूनका आधारमा देश चल्नु चिन्ताजनक : सांसद विसी

नेकपा (एमाले)की सांसद सुमित्रा विसीले संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा ढिलाई हुँदा मुलुकको विकास प्रक्रियामा असर परेको बताएकी छन् । राष्ट्रिय सभाको सोमवारको बैठकमा बिदाइ सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले २०१३, २०२० र २०२९ सालमा बनेका कानूनका आधारमा मुलुक सञ्चालन अत्यन्त चिन्ताजनक विषय भएको बताइन् ।