SHARE
पर्दाफास · सोमबार २६ माघ २०८२ १२:४७ PM · 1 मिनेट पढाइ

एसियाली खेलकुदको तयारीमा कुनै कमी हुन नदिन प्रधानमन्त्री कार्कीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक ल्याउने उद्देश्यका साथ सञ्चालित प्रशिक्षणलाई निरन्तरता दिन निर्देशन दिएक छन् । प्रधानमन्त्री कार्कीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता, राष्ट्रिय टोली तयारी निर्देशक ओलम्पियन दीपक विष्ट, उपनिर्देशक दीपक श्रेष्ठसहितको टोलीसँगको भेटमा यस्तो निर्देशन दिएकी हुन् ।