हेटौँडा आद्योगिक क्षेत्रमा दुइ उद्योग थपिए
हेटौँडा औद्योगिक क्षेत्रमा थप दुईवटा उद्योग सञ्चालनमा आएका छन् । माघको पहिलो सातादेखि प्रिसिअस ओइष्ट रिफायनरी प्रा.लि.ले पूराना इलेक्ट्रोनिक्स सामानको प्रशोधन गरी नयाँ धातुहरू उत्पादन गर्ने उद्योगबाट परीक्षण उत्पादन सुरु गरेको छ । यस्तै, गत कात्तिकबाट राधाकृष्ण सेनथेटिक प्रालिले पूर्ण रूपमा प्लाष्टिकको बोरा उत्पादन गर्न सुरु गरिसकेको छ ।
