SHARE
पर्दाफास · आइबार​ २५ माघ २०८२ ०१:५० PM · 1 मिनेट पढाइ

१३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाडको प्रथम चरणको नतिजा सार्वजनिक

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड २०२६ को प्रथम चरण (प्रदेशस्तरीय) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यस चरणमा सफल विद्यार्थीहरू राष्ट्रियस्तरको दोस्रो चरणका लागि छनोट भएका छन्।