नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् । माघ २२ गतेको मन्त्रीस्तरीय निर्णयबाट डंगोल निमित्त प्रबन्ध निर्देशकमा नियुक्त भएकी हुन् । डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तहको अध्ययन पूरा गरेकी छन् । उनी २०५१ जेठ १ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदबाट सेवा प्रवेश गरेकी हुन् ।
