भिभोको स्मार्टफोन खरिद गर्दा विश्वकप क्रिकेट जर्सी उपहार
विश्वव्यापी प्रविधि ब्रान्ड भिभोले विश्वकप उपभोक्ता अफर सार्वजनिक गरेको छ । फेब्रुअरी २ देखि ६ सम्म सञ्चालन भएको दराज २.२ क्याम्पेनको सफलतापछि, भिभोले प्रविधि र क्रिकेटप्रतिको भावनालाई जोड्दै आफ्ना ग्राहकहरूका लागि यो विशेष योजना ल्याएको जनाएको छ।
