टि २० विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि, नेपालको पहिलो खेल आइतबार
टि २० विश्वकप क्रिकेट प्रतियोगिता आज शनिवारदेखि सुरु हुँदैछ । यस पटकको प्रतियोगिता भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेका छन् । विश्वकपको उद्घाटन खेलमा आज नेपाली समय अनुसार ११:१५ बजे नेदरल्याण्ड र पाकिस्तान भिड्ने छन् । त्यस्तै आज थप दुई खेल पनि हुनेछ।
