जेन जी आन्दोलनमा क्षतिग्रस्त बनेको कोटेश्वर भाटभटेनी पुनः सञ्चालनमा
भाटभटेनी सुपरमार्केटले जेन् जी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त भएका आफ्ना स्टोरहरूमध्ये पहिलो चरणमा कोटेश्वर सुपरस्टोर पुनः सञ्चालनमा ल्याएको छ । माघ २४ गते शनिबारबाट कोटेश्वरस्थित भाट–भटेनी सुपरस्टोर पुनः सञ्चालनमा आएको हो । यो पुनः सञ्चालनले भाट–भटेनीको पुनर्निर्माण, सेवाप्रति प्रतिबद्धता र समुदायप्रतिको उत्तरदायित्वलाई स्पष्ट रूपमा प्रतिबिम्बित गर्ने भाटभटेनी परिवारको विश्वास छ ।
