SHARE
पर्दाफास · शनिबार २४ माघ २०८२ १०:२३ AM · 1 मिनेट पढाइ

औद्योगिक सम्पत्ति ऐन समयानुकूल बनाउन आवश्यक

औद्योगिक सम्पत्ति ऐनलाई तत्काल परिमार्जन गरी समयानुकूल बनाउन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालले आयोजना गरेको प्रस्तावित औद्योगिक सम्पत्ति ऐनसम्बन्धी कार्यक्रममा सरोकारवालाहरूले औद्योगिक सम्पत्ति ऐन समयसापेक्ष नभएको बताएका हुन् ।