SHARE
पर्दाफास · शनिबार २४ माघ २०८२ १२:३३ PM · 1 मिनेट पढाइ

सप्तरीमा शंकास्पद वस्तु विस्फोट हुँदा चार बालक घाइते

सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार शंकास्पद वस्तु विस्फोट हुँदा चार जना बालक घाइते भएका छन्। वनभोज खान गएका बालकले खोलामा भेटिएको रकेट जस्तो देखिने वस्तुलाई खेलौना ठानी दाउरासँगै जम्मा गरी चुल्हो नजिक राखेका थिए। सोही क्रममा उक्त वस्तु अचानक विस्फोट भएको प्रहरीले जनाएको छ।