SHARE
पर्दाफास · शनिबार २४ माघ २०८२ ०१:०७ PM · 1 मिनेट पढाइ

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ । जेन–जी आन्दोलनको क्रममा ध्वस्त भएको १२ वटा भाटभटेनी सुपरमार्केटमध्ये कोटेश्वरमा रहेको भाटभटेनी शनिवारदेखि पुनः सञ्चालनमा आएको हो । पुनः सञ्चालनमा आएको सो भाटभटेनीको शुभारम्भ गर्दै प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आगामी दिनमा नेपालमा कहिल्यै पनि यस्तो नहोस् भनी भगमानसँग प्रार्थना गरे ।