६ महिनामा भित्रियो १०६२ अर्ब रेमिट्यान्स, पुस मै आयो १९२ अर्ब
नेपाल भित्रिने रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२÷८३ को ६ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई रु.१०६२ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले बढेको थियो । २०८२ पुस महिनामा विप्रेषण आप्रवाह रु. १९२ अर्ब ६२ करोड रहको छ ।
