नेपालको विदेशी विनिमय सञ्चिति ३२४२ अर्ब पुग्यो, कति महिनाको आयात धान्छ ?
नेपालको विदेशी विनिमय सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा रु.२६७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले वृद्धि भई २०८२ पुस मसान्तमा रु.३२४२ अर्ब ४५ करोड पुगेको छ ।
