SHARE
पर्दाफास · सोमबार १९ माघ २०८२ १२:१९ PM · 1 मिनेट पढाइ

स्वरूप परिवर्तन तथा ध्वनी प्रदूषण गर्ने १२ मोटरसाइकल नियन्त्रणमा

हेटौंडा बजार क्षेत्रमा स्वरूप परिवर्तन गरी तथा अत्यधिक ध्वनी प्रदूषण गर्ने १२ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मिति २०८२ साल माघ १७ र १८ गते मोटरसाइकलबाट अस्वाभाविक ठूलो आवाज आउने, साइलेन्सर तथा अन्य पाट्र्स परिवर्तन गरी सवारी साधन चलाइएको भन्ने जनगुनासो प्राप्त भएपछि विशेष चेकिङ अभियान सञ्चालन गरिएको थियो।