६ महिनामा भित्रियो साढे १० खर्ब रेमिट्यान्स
चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउन-पुससम्म)मा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले बढेको हो । गत वर्षको पहिलो ६ महिनामा रेमिट्यान्स आप्रवाह ४.२ प्रतिशतले बढेको थियो ।
