SHARE
पर्दाफास · आइबार​ १८ माघ २०८२ १०:१५ AM · 1 मिनेट पढाइ

उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा सिमेन्ट उत्पादनका क्रममा प्रयोग हुने कच्चा पदार्थ ‘क्लिङ्कर’ मा करोडौँ भ्रष्टाचार अभियोगमा तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।