SHARE
पर्दाफास · आइबार​ १८ माघ २०८२ ११:०२ AM · 1 मिनेट पढाइ

आचारसंहिता उल्लंघनका २३ उजुरी, १२ लाई स्पष्टीकरण सोधियो

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भएयता हालसम्म २३ वटा उजुरी दर्ता भएको जनाएको छ । तीमध्ये १२ वटा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिसकेको छ । आइतबार आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले स्पष्टीकरण सोधिएका उजुरीमध्ये १२ वटाको जवाफ आइसकेको जानकारी दिए ।