SHARE
पर्दाफास · आइबार​ १८ माघ २०८२ ११:१२ AM · 1 मिनेट पढाइ

प्रत्यक्षतर्फको २५ जिल्लाको ३० लाख मतपत्र छपाई सकियो

निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी मतदाता नामावली र मतपत्र छपाइको कामलाई तीव्रता दिएको छ । आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतपत्र र मतदाता नामावली छपाईको कामलाई तीव्रता दिएको जानकारी दिए । उनकाअनुसार समानुपातिक तर्फको मतपत्र छपाईको काम सकिएको छ भने प्रत्यक्षतर्फको मतपत्रको छपाई सुरु भएको छ ।