SHARE
पर्दाफास · आइबार​ १८ माघ २०८२ ११:१४ AM · 1 मिनेट पढाइ

साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौँ महानगरलाई दिन गृह मन्त्रालय सहमत

नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय रहेको भोटाहिटीस्थित भवन काठमाडौँ महानगरपालिकालाई प्रयोग गर्न दिन गृहमन्त्रालयले सहमति प्रदान गरेको छ । ब्युरोले प्रयोग गर्दै आएको कित्ता नम्बर ३५३, ३५४ र ३५५ को कुल ४ आना, २ पैसा १ दाम भएको जग्गा र सो जग्गामा बनेको भवन काठमाडौँ महानगरपालिकाले प्रयोग गर्नेगरी गृहमन्त्रालयले सहमति प्रदान गरेको हो ।