SHARE
पर्दाफास · आइबार​ १८ माघ २०८२ ११:५० AM · 1 मिनेट पढाइ

चुनावपछिको नयाँ संसदका लागि नयाँ भवन नै प्रयोग हुने

आगामी २१ फागुनको निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद भवनमै सञ्चालन हुने भएको छ । निर्वाचनपछिको संसद सञ्चालन गर्न सरकारले निर्माणाधीन संसद भवन उपलब्ध गराउने जानकारी गरिसकेको संसद सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले जानकारी दिए ।