SHARE
पर्दाफास · आइबार​ १८ माघ २०८२ ११:५२ AM · 1 मिनेट पढाइ

चुनाव प्रचारप्रसारमा रेडक्रसको चिह्न प्रयोग नगर्न आग्रह

नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रचारप्रसारका क्रममा रेडक्रसको चिह्न प्रयोग गर्न आग्रह गरेको छ । आज महामन्त्री मीनबहादुर मल्लले जारी गरेको विज्ञप्तिमा रेडक्रसको चिह्न जेनेभा महासन्धीअनुसार अन्तर्राष्ट्रिय रूपमा संरक्षित मानवीय सेवाको प्रतीक भएकाले राजनीतिक, धार्मिक वा वैचारिक उद्देश्यका लागि रेडक्रसको चिह्नको प्रयोग गर्न निषेध गरिएको उल्लेख छ ।