विप्लवको टिप्पणी- रास्वपामा विचार होइन, सत्तामा पुग्ने हतारो मात्रै छ
नेकपा (माओवादी)मा महासचिव नेत्रविक्रम चन्दले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तामा पुग्ने हतारो गरिरहेका टिप्पणी गरेका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम छर्दै नयाँ भनिएको पार्टीहरूले सत्तामा पुग्नका लागि हतार गरिरहेको आरोप लगाए ।
