पिपुल्स हाइड्रोपावरले अपर हेवाखोलाको ५ लाख कित्ता शेयर बेच्ने
पिपुल्स हाइड्रोपावर कम्पनीले अपर हेवाखोला हाइड्रोपावरको ५ लाख कित्ता शेयर बेच्ने भएको छ । कम्पनीले आज सुचना जारी गर्दै यसबारे जानकरी दिएको हो । कम्पनीले रकमको आवश्यकता परेकोले आफ्नो नाममा रहेको अपर हेवाखोलाको शेयर आवश्यक र औचित्यको आधारमा बिक्री गर्ने जनाएको छ । यी शेयर दोस्रो बजारबाट बिक्री हुनेछ ।
